‘जेरी २’मा पनि अनमोलको जोडी आना

फिल्म ‘जेरी २’मा पनि नायिका आना शर्मा र नायक अनमोल केसीको जोडी देखिने भएको छ । निर्माणपक्षले आनाको अनुहार लुकाएर एउटा फोटो आज सार्वजनिक गरेको छ । तर, उनी आना हुन् भन्ने थाहा पाउन लामो समय खर्चिन पर्दैन ।

आज भन्दा ९ बर्ष अगाडि निर्माण भएको फिल्म ‘जेरी’बाट आनाले डेब्यू गरेकी थिइन् । फिल्ममा अनमोल केसी र आनाको जोडीलाई दर्शकले मन पराएका थिए ।

सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको यो फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । नायक अनमोल केसीले फिल्म ‘छड्के २’को छायांक सकेपछि यो फिल्मको छायांकन सुरु गर्नेछन् । फिलमलाई हेमराज वीसीले निर्देशन गर्दैछन् ।

यो फिल्ममा २ जना नायिका हुनेछन् । एक जना नायिका आना भएपनि अर्की नायिका भने फाइनल भैसकेकी छैनन् । दर्शकले मन पराएको जोडी ९ बर्षपछि फेरि पर्दामा आउँदैछ । पक्कै पनि आना र अनमोलको जोडी दर्शकका लागि प्रतिक्षामा रहने कुरामा २ मत छैन ।