कमेडी नै कमेडीले भरिएको ‘२ नम्बरी’को ट्रेलर

Mero Film

फिल्म ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको कमेडी नै कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।

फिल्मको ट्रेलरमा सौगात र दयाविचको मित्रता गज्जबले देखाइएको छ । फिल्ममा सौगात र उपासना, दया र उगेनको जोडीलाई हेर्न सकिन्छ ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको यो फिल्ममा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत छ । फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ ।

फिल्ममा सौगात र दयालाई शिकारीको भूमिकामा देखाइएको छ । सौगात र दयाले कालिजदेखि मृगको शिकार गरेको देखाइएको छ ।


Leave a Reply

Your email address will not be published.