‘बाबरी’को प्रिमियरमा जसिताले गरिन् धिरजको प्रशंसा

भोली शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘बाबरी’को आज प्रिमियर गरिएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा केही फिल्मीकर्मीहर पनि पुगेका थिए ।

फिल्म हेरेपछि नायिका जसिता गुरुङले फिल्मको प्रशंसा गरिन् । फिल्मको गीतसंगीत, लोकेशन, कलाकारको अभिनय राम्रो भएको उनको तर्क छ । यस्तै, जसिताले नायक धिरज मगरको पनि प्रशंसा गरिन् । उनले, धिरजलाई भर्सटायल कलाकारको रुपमा प्रशंसा गरिन् । यस्तै, उनले फिल्ममा सानो राजा साहेब जस्तै प्रेम गर्ने मानिस आफ्नो जीवनमा पनि आइदिए हुन्थ्यो जस्तो लागेको तर्क गरिन् ।

फिल्म हेर्न नायिकाहरु बेनिशा हमाल, शिल्पा मास्के लगायत पनि पुगेका थिए । उनीहरुले पनि फिल्मको खुलेरै प्रशंसा गरे । फिल्म एउटा पूर्ण लभ स्टोरी कथामा निर्माण भएको भन्दै उनीहरुले दर्शकको माया पाउनेमा विश्वास व्यक्त गरे ।
फिल्म ‘बाबरी’लाई निर्देशकहरु शोभित बस्नेत, ज्ञानेन्द्र देउजा लगायतले पनि रुचाए । कलाकार राजाराम पौडेलले पनि फिल्मको तारिफ गरेका थिए ।

पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीको निर्माणमा तयार भएको यो फिल्मको गीतसंगीत उत्कृष्ट छ । फिल्ममा कलाकार धिरज मगरले गज्जबको काम गरेका छन् । अदिती सुन्दर देखिएकी छिन् । नयाँ नायक धिरज नाडकरले दर्शकको मन जित्नेछन् ।