‘कबड्डी ४’ अन्तिम भनेका रामबाबु ‘कबड्डी ५’को तयारीमा

निर्देशक रामबाबु गुरुङले फिल्म ‘कबड्डी ४’लाई हिट सिरिजको अन्तिम श्रृङ्खला भनेका थिए । यो फिल्मले बक्स अफिसमा धुम मच्चायो । यो फिल्मलाई कतिपयले खाली चेक समेत भन्ने गरेका छन् । यसैले, रामबाबु खाली चेकलाई यसै नछाड्ने मुडमा देखिएका छन् ।

फिल्म ‘फूलबारी’को छायांकन सकेका रामबाबु २ बर्षपछि रिलिज गर्ने गरि ‘कबड्डी ५’को तयारीमा लागेका छन् । यो फिल्मको कथा लेख्ने काम सुरु भएको उनले जनाएका छन् ।

फिल्मको कथा पुरा गर्न २ बर्ष लाग्ने भएकाले सन् २०२४ मा मात्र रिलिज गर्ने उनको योजना छ । फिल्म ‘कबड्डी ४’मा काजी र मैयाँको बिहे भएको देखाइएको छैन । संभवत, रामबाबुले कथा यहिबाट अगाडि बढाउने योजना गरेका छन् ।

बक्स अफिसमा बम्पर कमाई गरिरहेको फिल्मलाई रामबाबुले यसै छाड्ने कुरा पनि भएन ।

यसैले, २ बर्षपछि दर्शकले ‘कबड्डी ५’ हेर्न पाउने भएका छन् ।