फ्राइडे रिलिज: ‘बाबरी’, ‘विक्रम बेधा’ र ‘पोन्नियिन सेलवान’ भिड्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aa_kS22OaEUyL_2gejviv80crjhtmtgarim22uvlcukosf1kfcdjss5lq62weuiebuxscae5cn_DfZ4tsCqkB_adh7ybghba2jrxrhjgxetcssgvowvx6vllzbr2e7hyojktrwjmg1aln7o8zt.jpg)
आज शुक्रबारबाट हलमा एक नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आएका छन्। जस्मा नेपाली फिल्म ‘बाबरी’ र विदेशी फिल्ममा ‘विक्रम बेधा’ र ‘पोन्नियिन सेलवान’ रहेका छन्।
फिल्म ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ। सुसुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो फिल्ममा अदिती बुढाथोकी, धिरज मगर र धीरज नाड्करको मुख्य भूमिका रहेको छ। साथै फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ।
बाबरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निर्वाह गरेकी छन्। फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्।
त्यसैगरी, फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक पनि आजबाट प्रदर्शन भएको छ। यस फिल्ममा अभिनेता सैफ अली खान र ऋतिक रोशन मुख्य भूमिकामा देखिएका छन्। ऋतिक रोशन भिलेनको भूमिकामा छन् भने सैफ अली प्रहरीको भूमिकामा।
सन् २०१७ मा प्रदर्शन भएको सुपरहिट तमिल फिल्म ‘विक्रम वेधा’को यो फिल्म हिन्दी रिमेक हो। यस फिल्ममा सैफ र ऋतिकका साथै राधिका आप्टे, रोहित सराफ र योगिता बिहानीको पनि अभिनय रहेको छ।
दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’ पनि आजबाट भारतका विभिन्न पाँच भाषामा रिलिज भएको छ। पोन्नियन सेल्वनलाई १० औं शताब्दीका चोल सम्राट राजराजा प्रथम भनिन्थ्यो। यो फिल्म उनीहरुको कथामा आधारित हो । मणि रत्नमको निर्देशित यो फिल्म ५०० करोड बजेटमा बनेको हो।
फिल्ममा चियान विक्रम र ऐश्वर्या रायका साथै विक्रम, बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय छ। यो फिल्म सन् १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ।
फिल्ममा एश्वर्याले रानी नन्दिनीको भूमिका निर्वाह गरेकी छिन्। यस फिल्ममार्फत एश्वर्याले चार वर्षपछि फिल्ममा कमब्याक गरेकी हुन्। उनी पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन्।
यो महान शासक पोन्नियन सेल्वनको कथा फिल्ममा देखाइएको छ। यो फिल्मको कथा सम्राट सुन्दर चोलाबाट सुरु हुन्छ । खराब स्वास्थ्यका कारण सिंहासनबाट हटाइएपछि सुन्दर चोल उनको जीवनको अन्तिम चरण थियो। त्यसपछि कसले गद्दी सम्हाल्ने भन्ने चुनौती थियो । राजा सुन्दर चोलका दुई छोरा र एक छोरी थिए । पहिलो छोरा आदित्य र दोस्रो अरुलमोझी वर्मन। यी पोन्नियन सेल्वन भनेर चिनिन्थ्यो। उनकी छोरीको नाम कुन्दवै थियो।
उनका शत्रुहरूलाई राजाको खराब स्वास्थ्यको बारेमा थाहा हुन्छ र तिनीहरू आक्रमणको तयारी गर्न थाल्छन्। रानी नन्दनी, जो पेरिया पाजुवेत्तारायरकी पत्नी हुन्, राजकुमार आदित्यलाई मार्न चाहन्छिन् ताकि उनका पति सिंहासनमा आरोहण गर्न सकून्। पोन्नियन सेल्वन र उनका मन्त्रीहरूले यो षड्यन्त्रको बारेमा थाहा पाउछन्। त्यसपछि कमाण्डर भल्लवरायण वन्दियादेवनलाई श्रीलंकाबाट पोन्नियन सेल्वनलाई फिर्ता ल्याउने र सिंहासन बचाउने जिम्मेवारी दिइएको छ।
यसबारेमा कमाण्डरहरूले शाही परिवारलाई बचाउन सक्छन् कि सक्दैनन् त्यो फिल्ममा हेर्नु पर्छ।
![‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Nephop%2520final%2520image%2520%2520copy_yoesDdG3Mo_ptsea8hdeuc7qggzf1s4lsfzgujbubonord4cpj0hdc8xetgeyibkjhxd6z8_9syzJoQVFQ_ujqg9zmdpkfwgkkpxpdut69zbbycn8c8wlnzrcgseqs1gqfwl9iuprk1fuyk.jpg)
‘नेपहपको श्रीपेच’को दोस्रो संस्करणको प्रशारण सुरु
![आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?](https://snowberry.prixacdn.net/media/gallery_folder/bar%2520and%2520badhu_pK5Ut4EdfA_bglcx7adpp5bayv8saxrggqwud9vkgyytlfueeuwoi9tffjkqs2keduajyli_0touEOXCIb_zb0hfwmgzranbeltffs1t549cvgdpa8bl1p2u2fd8umdpdiv5yvrqgfbynbn.jpg)
आँचल र विवेकको जोडीलाई दर्शकले कती रुचाए ?
![बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/bhuwan%2520kc_Wkmnf0wViv_jhpefzrn6ico0ruwyoczfyutambsukrwq61jtlumxuz2phxwobl9clcesf3w_avaB2nm1F6_nkgpgfkw34grwyygicxxczxlvcwkikfftv2bvesjcqwamoacu4sk4vtlrvm1.jpg)
बोर्डबाट बिदा हुँदै गर्दा भुवनले भने–‘फिल्म क्षेत्रमा सरकारको लगानी शुन्य छ’
![‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’](https://snowberry.prixacdn.net/media/gallery_folder/karm%2520movie_VujH3IhZIU_cwhzwdiojeclzx6vznspgthtzzrrqjwgqpjzotw1bczkdpnamgismh4drntw_cQjwzLVxzg_rafdaub6sj494eip7mwfkjyeqk5vmi6alhxywqtgwalz2yfqg59fhdlqlix0.jpg)
‘अगस्त्य’ निर्देशक सौरभले घोषणा गरे नयाँ फिल्म ‘कर्मा’
![भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल](https://snowberry.prixacdn.net/media/gallery_folder/purna%2520bhahadru%2520ko%2520sarangi_ao6WLpXeeb_jsne2lep8t5irwfancnhdfvo8nttae3twdzgplmyxl9msbkht3kyhh8ui68f_5v9o2z7JGf_exwmw9v5egl6imbjz78oewib45bs674pvunah2vozcsfok52c1h7dwjjcik6.jpg)
भक्तपुरमा सुरु भयो ‘पूर्ण बहादुरको सारङ्गी’को सेकेन्ड सेड्यूल
![के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/naren%2520khadka_LhN2EkwyR5_lvs9etxkcndrbumytnojzsauafvkpeepb6ibgmztmec4zpocuz0ef5yxgxar_kPTRbj8LXs_xdp9qb1xizevertoctae6wybjieooxr8qtxrj36h8p5cfn3qbfbxkbrww8m1.jpg)
के नरेनलाई फिल्म क्षेत्रले चिन्न नसकेको हो ?
![सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/saroj%2520khanal_dkPv25PDxg_r8r4giwpg5nxlkstiuewcwlahchnibtqe04octs8jtgcemsouvgztbzrqtvr_piRw3Bn4C2_ytqiqsqbhspa8iuslmchzltjgszhdyaixhzmswcvyxkxictijtsrsl3sqk71.jpg)
सरोज खनाल भन्छन्–‘नेपाली फिल्म क्षेत्रमा गुटबन्दी छ’
![‘नम्बरी सुन’को ट्रेलरमा प्रेम र द्धन्द्धको कुरा](https://snowberry.prixacdn.net/media/gallery_folder/numberi%2520sun_yKagEjcRzf_lqhltr5hdr8chwiuys1b7yqigam4oxljpqrvmfjdvunguu0jiewo8axkau3o_gMAKWtgsnC_camis7yawtw6uxqhxcotllk8jd9u4uxqwa7anclupkrwwsauqtfkdb0bifi9.jpg)
प्रतिक्रिया