के वर्षा मिडियाबाट टाढा भएकी हुन् ?

विशेषगरि, पछिल्लो केही महिनायता श्रीमान् संजोग कोइरालासँगको सम्बन्धलाई लिएर नायिका वर्षा राउत चर्चामा छिन् । वर्षाले संजोगसँगका तस्वीर सामाजिक संजालबाट हटाएसँगै सार्वजनिक भएका खबरले उनीहरुविच सबै कुरा ठिकठाक चलेको छ त भन्ने प्रश्न उब्जाएको छ ।

यो खबर सार्वजनिक भएपछि वर्षा मिडिया र दर्शकबाट टाढा बस्न थालेकी थिइन् । उनै, वर्षा शुक्रबार आयोजना भएको फिल्म ‘के घर के डेरा’को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भइन् । सो कार्यक्रममा उपस्थित वर्षाले मिडियासँग आफू नभागेको पनि बताइन् । उनले, कोभिडका कारण मिडियामा नआएको भन्न भ्याइन् । साथै, आफ्नो कुनै काम नै नआई किन मिडियाको अगाडि आउनु भनेर पनि नआएको उनको तर्क थियो ।

वर्षाले आफ्नो काठमाडौंमा घर नभएको र आफू आफ्ना बाबुको घरमा बस्दै आएको तर्क समेत गरिन् । यो तर्कले भने धेरैलाई अचम्मित बनाइदिएको छ ।

जेहोस्, वर्षालाई दर्शकले फिल्म ‘के घर के डेरा’मा नायक विपिन कार्कीको श्रीमतिको भूमिकामा देख्न पाउनेछन् । कार्तिक ४ गते रिलिज हुने यो फिल्मबाट वर्षा उत्साहित पनि छिन् । तर, के वर्षा मिडियामा टाढा हुनुको कारण उनको कुनै प्रोजेक्ट नआएरै हो त ?