‘बाबरी’मा धिरजको गज्जबको काम

आज शुक्रबारदेखि फिल्म ‘बाबरी’ रिलिजमा आएको छ । पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीको निर्माणमा तयार भएको यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । यो फिल्ममा नायक धिरज मगर, नायिका अदिती वुढाथोकी र नयाँ कलाकार धिरज नाडकरको मुख्य भूमिका छ ।

पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा लभर ब्वाईको भूमिकामा काम गरेका धिरज मगरले यो फिल्ममा पागल प्रेमीको भूमिकामा निर्वाहा गरेका छन् । आफ्नो प्रेम पाउनका लागि उनले गर्ने विभिन्न हर्कतले दर्शकको मन जित्छ । सानो राजा साहेबको रुपमा देखिएका धिरजको अभिनय, हाउभाउ, संवादको शैलीले दर्शकको मन जितेको छ । यो फिल्मबाट उनले आफूलाई भर्सटायल कलाकारको रुपमा समेत उभ्याएका छन् ।

फिल्ममा धिरजको स्टाइल गज्जब छ । जब, उनी पर्दामा आउँछन् फिल्मले दर्शकलाई तान्छ । ‘सानो राजा साहेब’ बन्नका लागि आफ्नो भ्वाइस समेत परिवर्तन गरेका धिरज गज्जबले जमेका छन् ।

धिरज मगर नयाँ फिल्म ‘आई एम ट्वान्टी वान’मा डान्सरको भूमिकामा छन् । तर, उनलाई दोश्रो फिल्मले फिल्म क्षेत्रमा भर्सटायल नायकको रुपमा व्यस्त बनाउने निश्चित छ ।