छायांकार सौरभ लामाको फेसबुक ह्याक गरेर पैसा मागिदै

नेपाली फिल्मका चर्चित छायांकार सौरभ लामाको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गरेर पैसा माग्ने काम गर्न थालेपछि आफू तनावमा रहेको सौरभले मेरो फिल्मलाई जानकारी दिए । उनको फेसबुक गएराती १२ बजेबाट ह्याक भएको हो । ह्याकरले सौरभको फेसबुकमा रहेका धेरै मानिसलाई म्यासेज गर्दै पैसा मागिरहेका छन् । कतिपयले त पैसा समेत पठाएको सौरभले जानकारी दिए ।
आफूले साइबर ब्यूरोमा उजुरी दिइसकेको सौरभले बताए । तर, दशैंका कारण साइबर ब्यूृरोमा पनि जनशक्तिको अभाव रहेको उनले सुनाए ।
उनले, आफ्नो फेसबुकबाट कसैले म्यासेज गरेर पैसा मागेको खण्डमा अस्विकार गर्न सबैसँग आग्रह गरेका छन् ।
सौरभले भने–‘गएरातीदेखि मानसिक तनाव भैरहेको छ । कसले किन ह्याक गरेको हो भन्ने थाहा छैन । तर, सबैसँग पैसा माग्ने काम भैरहेको थाहा पाएँ ।’

असोज २६ मा बासेन्जी

हरिवंश आचार्य भन्छन् - चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्छ

ब्रान्ड बजारमा बेनिशाः डिजिटल माध्यमले बढायो कमाई

अनमोलले छाडेका कतिवटा फिल्म बने ?

सन्दिप र निखिल सहित करिब २०० जना 'स्पार्क एड्भेन्चर'मा शैलुङ जाँदै

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

‘नाङ्गो गाउँ’ हेरेर रोइन् हिसिला, बाबुरामले भने–‘उत्कृष्ट फिल्म’

प्रतिक्रिया