डिभोर्सको स्पष्टिकरणले चर्चामा वर्षा

नायिका वर्षा राउत लामो समय मिडियाबाट हराइन् । नेपाली मिडियामा छाइरहने वर्षा कोरोना कालपछि भने मिडियाबाट केही हदसम्म टाढा नै थिइन् । तर, यो पटक उनलाई फिल्म ‘के घर के डेरा’का कारण मिडियामा आउनुपर्यो ।

करिब एक बर्ष अगाडि नायिका वर्षा राउतले उनका श्रीमान् संजोग कोइरालाको तस्वीर इन्स्टाग्रामबाट हटाएपछि उनीहरुको सम्बन्धको बिषयमा चर्चा गर्मिएको थियो । तर, वर्षा मिडियाबाट टाढा भएकाले यी कुराहरु ओझेलमै रहे । तर, यसपटक भने वर्षाले अधिकांश मिडियामा संजोगसँगको सम्बन्ध, डिभोर्सको हल्लाको बिषयमा स्पष्टिकरण दिइरहेकी छिन् ।

यसपटक, वर्षाको फिल्मको भन्दा बढी हल्ला उनको डिभोर्सको बिषयलाई लिएर भयो । वर्षाले पनि दिल खोलेरै यो बिषयमा कुरा राखिन् । वर्षाका अन्तरवार्ताहरु युट्युबको ट्रेन्डिङमा छन् । दर्शकले वर्षा र संजोगलाई अलग नहुन आग्रह पनि गरिरहेका छन् ।

वर्षाको यो कुराले उनले आफ्नो घरयासी बिषयलाई स्पष्ट पार्ने स्थान त पाएकी छिन् ।