पूजा फर्किइन्, वर्षाले छाडिन् फेसबुक

नायिका पूजा शर्माले केही महिना अगाडि आफ्नो फेसबुक डिएक्टिभ गरिन् । उनले, फिल्म ‘सम्हालिन्छ कहिले मन’पछि आफ्नो फेसबुक पेज डिएक्टिभ गरेकी थिइन् । तर, पूजा बुधबारदेखि फेसबुकमा फर्किएकी छिन् ।

फेसबुकमा पूजा फर्किएको एक दिन नवित्दै अर्की नायिका वर्षा सिवाकोटीले भने फेसबुक डिएक्टिभ गरेकी छिन् । पछिल्लो समय उनको श्रीमान्सँग सम्बन्ध विग्रिएको खबर सार्वजनिक भैरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको उल्लेख गरेकी थिइन् । उनले, यसो लेखेपछि कतिपय मिडियाले उनलाई हृदयघात नै भएको भन्दै गलत समाचार प्रकाशन गरेका थिए ।

वर्षाले आजबाट भने फेसबुक डिएक्टिभ गरेकी छिन् । उनले, फेसबुक डिएक्टिभ गर्नुको कारण खुलेको छैन । तर, एकातिर मानिसहरुले गलत वुझेर स्वास्थ्य लाभको कामना लेख्नु र अर्कोतिर श्रीमान्सँगको सम्बन्धको खबर सार्वजनिक हुनु उनले फेसबुक छाड्नुको मुख्यकारण मानिएको छ ।