बाबु बोगटी र नन्दिताको फ्लप कमब्याक

कुनै समय एउटा गीत सुपरहिट थियो, ‘सान्नानी’ । यो गीत यसरी चल्यो कि, गायक बाबु बोगटी आज पनि यही गीतको क्रेडिट लिइरहेका छन् ।उनै, बाबु र यो गीतकी मोडल नायिका नन्दिता केसी अमेरिका हानिए । बाबु बिहे गरेर अमेरिका पुगे भने नन्दिता एउटा कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर उतै बसिन् ।
उनै, बाबु र नन्दिता फेरि पनि नेपाली म्यूजिक भिडियो र फिल्म क्षेत्रमा चम्कने दौडमा छन् । उनीहरुले यसको सुरुवात २ वटा म्यूजिक भिडियोबाट गरे । पहिलो त, बाबुले आफ्नो हिट गीत ‘सान्नानी तिमीलाई’ नयाँ ढंगले तयार पारे । भिडियोमा पुष्प खड्का र प्रिज्मा–प्रिन्सी खतिवडालाई खेलाए । तर, गीतले कुनै कमाल गरेन ।
यसपछि, उनले आफ्नो हिट जोडी नन्दिता केसीको साथमा ‘सान्नानी २’ सार्वजनिक गरे । यो गीत पनि चलेन । यो गीतले १० दिनमा १ लाख ८३ हजार भ्यूज पाएको छ । गीतको चर्चा कतै सुनिदैन ।
बाबु र नन्दिताको जोडीले कमब्याक त गर्न खोजेको छ, तर उनीहरु सुरुवातमा भने असफल भएका छन् । आगामी दिनमा उनीहरुले गायन र अभिनय कलालाई कसरी अगाडि बढाउने हुन् हेर्न बाँकी छ ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया