दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका नयाँ मालिक

विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को दीपेन्द्र गुरुङ सहमालिक बनेका छन् ।
मिस वर्ल्ड प्रतियोगिता सबै भन्दा पुरानो सुन्दरी प्रतियोगिता हो जो अहिले सम्म पनि निरन्तर प्रत्येक वर्ष आयोजना हुने गर्दछ। यो प्रतियोगिता संयुक्त अधिराज्यमा एरिक मोर्लेद्वारा सन् १९५१मा सुरु गरिएको हो। सन् २०००मा उनको देहान्त पश्चात उनकी पत्नी जुलिया मोर्लेले प्रतियोगिता सम्हाल्दै आएकिछन्।
यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट नेपाली मूलका बेलायती व्यवसायी गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन्। गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्टइम्प्रेसले यसलाई पुष्टि गरेका छन् ।
पेजेन्टइम्प्रेसका अनुसार गुरूङले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने छन्। व्यवसायी गुरूङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका मालिक समेत हुन् ।
यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ। प्रतियाेगिताका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन्। यसबारे उनीहरूले सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग छलफलसमेत गरेका छन्।
सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल वा भारतमध्ये एक ठाउँमा गर्नेसमेत तयारी भएको बताइएको छ। मिस वर्ल्डका कार्यकारी निर्माता स्टेफन मोर्लेले भनेका छन्, ‘गुरुङ परिवार अब मिस वर्ल्डको विरासतसँग जोडिएको छ। हामी मिस वर्ल्डको ७१ औं संस्करणबाट यो समारोहलाई नयाँ उचाइमा लैजान चाहन्छौं। सामूहिक रुपमा कार्यक्रम र परोपकारलाई अघि बढाउनेछौं।’

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_WrloNZ2QWy_zacw5dy0q336rnlpads1albzgm0ku7pguiyoaypuy8ts4qxlwxznkmsn8vni.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_sPQZUrqc9U_fwxzje80yij4udbyh9ipybc65g4prvpxmvlmgcuddyoxbwcdwknktyswmx8a.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया