शान्त उषा शान्त

हामीले आज मोडल उषा उप्रेतीलाई भनिरहेका छौं, शान्त उषा शान्त । आखिर, यसो भन्नुको कारण के हो त ?

मोडल उषा उप्रेती जसरी लकडाउनपछि चम्किएकी छिन्, हिजोआज शान्त छिन् । म्यूजिक भिडियोको निर्माण नै कम भएपछि उषा मात्र होइन अन्य मोडलहरुसँग पनि पहिले जस्तो काम छैन । अहिले भिडियो भन्दा फिल्म नै धमाधम बनिरहेका छन् । यसैले, लकडाउनको समयमा चम्किएका थुप्रै मोडलहरुमध्ये केही हराइसके । बाँकी रहेका केही पनि फिल्म खेल्ने आशामा छन् । तर, फिल्म पाउनु कहाँ सहज छ र ?

गरिमा शर्माले जसोतसो ‘लण्डन टू पेरिस’ नामक फिल्म पाएकी छिन् । अब, साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेजको अगाडि गरिमालाई आफूलाई कती सशक्त रुपमा उभ्याउलिन्, प्रतिक्षा गर्नैपर्छ ।

अर्की मोडल उषा उप्रेती पनि फिल्मको आशामा छिन् । तर, फिल्म मेकरले उनलाई खासै पत्याएको पाइदैन । यसैले, उषा हिजोआज कि त म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् कि त सामाजिक संजालमा तस्वीर पोष्ट गरेर फ्यानसँग जोडिरहेकी छिन् ।

उनले, फेसुबकमा केही हट फोटो पोष्ट गर्दै ‘बेबी शान्त बस’ भन्दै लेखिन् । तस्वीरमा उनले संकेत गरेका बेबी को हुन् उनले नै जान्ने कुरा भयो । तर, हामी त यत्ती भनिरहेका छौं ‘शान्त उषा शान्त’ ।