बलिउड फिल्म ‘वास्तव’ अभिनेता सुनिलको निधन

बलिउड अभिनेता सुनिल सेन्डेको निधन भएको छ । उनको आइतबार राति मुम्बईस्थित घरमा निधन भएको हो ।
सुनिलले हिन्दीसँगै मराठी फिल्मको अभिनयमा लोकप्रियता कमाएका थिए । उनले शाहरुख खानको टेलिभिजन शो ‘सर्कस’मा अभिनय गरेका थिए । यस्तै ‘गान्धी’, ‘सरफरोस’ र ‘वास्तव’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका थिए ।
उनले ‘काथुङ्ग’, ‘मधुचन्द्रची रात’, ‘जस बाप तासे पोर’, ‘ईश्वर’, ‘नरसिम्हा’ जस्ता मराठी फिल्ममा अभिनय गरेका थिए । सुनिलले सन् ८० र ९० को दशकमा कैयौं हिट फिल्ममा अभिनय गरेका थिए । उनी मराठी रङ्गमञ्चका दमदार कलाकार थिए ।
उनले सनी देवलको सुपरहिट फिल्म ‘घायल’ र सञ्जय दत्तको ‘खलनायक’ मा अलग–अलग भूमिकामा अभिनय गरेका थिए ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया