प्रकाशराज राजनीतिबारे बोल्दा बेरोजगार

दिग्गज अभिनेता प्रकाश राजले आफूले राजनीतिक मुद्दाबारे बोल्दा बेरोजगार हुनु परेको खुलासा गरेका छन् । उनले आफूले विचार राख्दा फिल्मकर्मी रिसाएर काम गर्न नचाहेको उल्लेख गर्दै त्यसमा आफ्नो गुनासो नरहेको दाबी गरेका छन् ।

पछिल्ला केही वर्षदेखि प्रकाश राज निरन्तर राजनीतिक मुद्दामा आफ्नो राय राख्दै आएका छन् । यो रायका कारण उनी कैयौं पटक विवादमा पनि मुछिएका छन् । प्रकाश केन्द्र सरकारको प्रमुख आलोचकका रुपमा परिचित छन् ।

यहाँसम्म कि सन् २०१९ मा अभिनेताले बेङ्लोरबाट चुनाव पनि लडेका थिए । उनी नियमित रुपमा सामाजिक र राजनीतिक मुद्दामा ट्वीट गरिरहन्छन् । हालैमात्र उनले एक अन्तर्वार्तामा राजनीतिक विचार राखेका कारण आफूले केही नोक्सानी पनि व्यहोर्नु परेको खुलाएका छन् ।

‘मेरो राजनीतिक सोच र विचारले मेरो कामलाई प्रभावित बनाएको छ । साउथ र बलिउडमा यति लामो समय काम गर्दा बनाएका सम्बन्धमा अहिले दरार आइसकेको छ । केही मानिसहरु मसँग काम गर्न चाहेका छैनन् ।

यो यसकारणले होइन कि उनीहरुलाई यसो गर्न भनिएको छ । मेरो कारणले उनीहरुको काम स्वीकृत नहोला भन्ने उनीहरुमा डर छ । म यति मजबुत र धनी छु कि सबै गुमाउन सक्छु । यद्यपि मलाई लाग्छ कि मेरो डर कसैको तागत हुनेछ’, उनले भनेका छन् ।

अभिनेताले आफूलाई कुनै पछुतो नरहेको दाबी गरेका छन् । ‘अब मलाई थाहा भयो कि को के हो ? म अझ बढी स्वतन्त्र महशुस गर्न सक्छु किनकी यदि मैले आफ्नो आवाज उठाइन भने त म आफ्नो भूमिकाका कारण मात्र एक राम्रो अभिनेताका रुपमा मात्र चिनिन्थें । तर यसो गर्न सकिनँ । त्यही कारण मैले अहिले यसको मूल्य चुकाइरहेको छु’,उनले अगाडि भनेका छन् ।