आयुष्मान खुराना सामाजिक कथाका फिल्मबाट टाढिँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Ayushmann-Khurrana_dygDV3ZQYe_xnnaopkgikpf9at0u8pq3wng1yizxvcefy9gtyooudbomesidnqwrxlnfnvw_kOzQ6dAkrO_dw3snfvckqzlwiqyryky2ebuqxhflfrydhdlnmicyywjav4qgbhyoesld8zv.jpg)
सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् । एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको द्वन्द्व जस्ता मुद्धाका फिल्ममा आयुष्मानले मनोरञ्जनपूर्ण ढंगले आफूलाई प्रस्तुत गरेका थिए । अब भने उनले आफूलाई कमेडी फिल्ममा फोकस गर्ने भएका छन् ।
‘अब म जुनसुकै फिल्ममा साइन गरे पनि त्यसको कथावस्तु सामाजिक सन्देश दिने खालको नहोस् भन्ने चाहन्छु । मेरो सोचाइ सामाजिक सन्देशका कथाबाट टाढिएर पपकर्न इन्टरटेनमेन्ट फिल्ममा अभिनय गर्नु हो’, उनले भनेका छन् ।
आयुष्मानले दर्शकहरु बाँडिएका कारण आफूले यो निर्णय लिएको खुलाए । ‘हाम्रो दर्शक बाँडिएका छन् । बौद्धिक दर्शकको अलग हिस्सा, आम दर्शकको हिस्सा, उनीहरुको साथमा फिल्म ल्याउनु ठूलो चुनौती हो । अहिलेको पुस्ता ओटीटीयुक्त छन् । उनीहरुले सन्देशभन्दा पनि मनोरञ्जन खोज्न थालेका छन्,’ आयुष्मानले भनेका छन् ।
आयुष्मानले आफू सुरुदेखि नै मल्टीप्लेक्सवाला अभिनेता रहेकाले धेरै बौद्धिक फिल्म पनि दर्शकले मननपराउने उल्लेख गरेका छन् । ‘अब मैले व्यावसायिक फिल्मतिर झुकाव राख्नुपर्छ’, उनले भनेका छन् ।
आयुष्मानका पछिल्ला केही फिल्मले बक्सअफिसमा सोचेजस्तो व्यापार गर्न सकेका छैनन् । यहीकारण उनले सामाजिक सन्देश दिने खालका फिल्मबाट दुरी बढाउने निर्णय लिएका हुन् ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_J1JpTZIpWZ_qtdlebweviod3vbhksybub2v8o2qmparsdhz70cxcc46bpla4nsij4hkwlp9.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_lI8f1HcvaB_qzxojv6gplpfxl8p5bezexh8lji1t8mfj9rst9krcdrpczdjqhn7385ayct6.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_9UMgcTffaB_enufraqj4ntutqxnamf4vmlqzut6b24xxepnhzrbrypozaakwzlqckfoqrvo.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_TSTRNYG5Vi_mdaf3atj8uno7fx8mrigedi5uve0ni8v5pkmu65vduthncthfzr9kit16cu8.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_88dWnN2wXO_gu22vfk2hkl7cimdiyaytzz7pvm4fffv9zxfzlr0ytwl71r6jaqpffnzp5gi.jpg)
प्रतिक्रिया