रामकृष्ण ढकालको ‘भो आँशु नझार’मा नारायण र गंगा

गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दु:ख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्तशैलीमा देखाइएको छ। गीतकार नारायण कंडेलका ‘भेट भयो सोल्टिनीसँग’, ‘चाइनेजो’, लगायतका गीतहरू चर्चित छन् ।