गायिका आस्था राउतले ल्याइन् ‘कोसिस गर’

गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ।

सार्वजनिक भएको ‘कोसिस गर’ बोलको गीतमा सावित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ ।

गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ । दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।

भिडिओमा गायिका राउत एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छिन्। जसले खिचेको भिडिओ फुटेज हेरेर दृष्टिविहीन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडिओ बोलाएका छन्।

भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत छिन् । राउतसँगै ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी रिता राई, सरु दाहाल, इश्वर लकाई खड्का र खड्ग गन्धर्व फिचर्ड छन्।

यो म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। गायिका आस्थाकै युट्युब च्यानल आस्था राउतबाट सार्वजनिक भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन रहेको छ ।