‘छ माया छपक्कै’को डिजिटल राइट्स आफैसँग, ‘छक्का पन्जा ४’को बेचे दीपकले

फागुणको १९ गतेबाट रिलिज हुन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘छक्का पन्जा ४’को डिजिटल अधिकार विक्री भएको छ । यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटललाई बिक्री गरिएको हो । ओएसआरका प्रमुख ओम अग्रवाल र फिल्मको टिमले संझौता पत्रमा हस्ताक्षर गरेको छ । फिल्मलाई कति लाखमा बिक्री गरिएको हो भन्ने खुलेको छैन ।
यो फिल्मले बक्स अफिसमा मात्र नभएर डिजिटल बजारमा पनि धमाका मच्चाउने अपेक्षा गरिएको छ । दीपकराज गिरीको टिमले बनाएको यो फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । फिल्ममा दीपकको साथमा केदार घिमिरे, दीपाश्री निरौला, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी लगायतको अभिनय छ ।
दीपकको टिमले फिल्म ‘छ माया छपक्कै’को डिजिटल अधिकार आफैसँग राखेको थियो । तर, यसपटक भने उनीहरुले ओएसआरलाई बिक्री गरिएको छ ।

यस्तो छ आँचल अभिनित 'हिटम्यान'को पोस्टर र टिजर

दयाहाङ्ग र रिस्मा फेरि एकसाथ ‘रिमै’मा देखिदै
फिल्म 'जम्प' को ‘फेरि फर्किन्छ’ गीत सार्वजनिक

‘एडल्ट’को नाममा ‘एनिमल’माथि धेरै उदार बनेको सेन्सर बोर्ड

बिदेश यात्राबाट फर्किएपछि मात्र नयाँ फिल्ममा काम गर्छुः स्वस्तिमा खड्का

एक बर्षदेखि पुष्पले किन साइन गरिरहेका छैनन् फिल्म ?

‘चित्रा’ निर्देशक लामिछाने भन्छन्–हामीले अरुको कथा हेर्यौं, आफ्नो भन्न सकेनौं’

प्रतिक्रिया