‘छ माया छपक्कै’को डिजिटल राइट्स आफैसँग, ‘छक्का पन्जा ४’को बेचे दीपकले

फागुणको १९ गतेबाट रिलिज हुन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘छक्का पन्जा ४’को डिजिटल अधिकार विक्री भएको छ । यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटललाई बिक्री गरिएको हो । ओएसआरका प्रमुख ओम अग्रवाल र फिल्मको टिमले संझौता पत्रमा हस्ताक्षर गरेको छ । फिल्मलाई कति लाखमा बिक्री गरिएको हो भन्ने खुलेको छैन ।
यो फिल्मले बक्स अफिसमा मात्र नभएर डिजिटल बजारमा पनि धमाका मच्चाउने अपेक्षा गरिएको छ । दीपकराज गिरीको टिमले बनाएको यो फिल्मलाई हेमराज बीसीले निर्देशन गरेका हुन् । फिल्ममा दीपकको साथमा केदार घिमिरे, दीपाश्री निरौला, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी लगायतको अभिनय छ ।
दीपकको टिमले फिल्म ‘छ माया छपक्कै’को डिजिटल अधिकार आफैसँग राखेको थियो । तर, यसपटक भने उनीहरुले ओएसआरलाई बिक्री गरिएको छ ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया