रेखाको प्रचार आक्रामक, नतिजा कमजोर

मोरङ क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणाम हेर्ने हो भने नायिका रेखा थापालाई त्यहाका जनताले नपत्याएको देखिएको छ ।

रेखाले निर्वाचनको प्रचार भने आक्रामक गरेकी थिइन् । राप्रपा पार्टीको प्रतिनिधी बन्दै क्षेत्र नम्बर ३ बाट निर्वाचनमा होमिएकी रेखाले पछिल्लो मत परिणाम अनुसार २ हजार ३ सय ५६ मत प्राप्त गरेकी छिन् । यो क्षेत्रमा नेपाली कांग्रेसका सुनील शर्मा १० हजार ७ सय ९५ मत प्राप्त गर्दै अगाडि छन् । रेखासँग उनको मतान्तर ८ हजार भन्दा बढी भैसकेको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार भानु ढकालको ६ हजार ४ सय ८८ मत छ ।

निर्वाचनको परिणाम आउन बाँकी नै छ । तर, ताजा मत परिणामले रेखा थापाले चुनावी प्रचार आक्रामक गरेपनि नजिता पनि कमजोर ल्याएको देखाउँछ । रेखा थापाको मत किन कमजोर आयो, यसको विश्लेषण पछि गरौंला ।