हिमेश पन्तको मतदातामाथि अपमानजनक टिप्पणी: ‘रक्सी र मासुमा बिके’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कमेडीयन हिमेश पन्तले मत परिणाममा पछि परेपछि मतदातामाथि अपमानजनक टिप्पणी गरेका छन् ।

धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन्। उक्त क्षेत्रमा हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा रहदै आएका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि रहेका छन् । हिमेशले मत परिणाममा पछि परेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजमार्ग क्षेत्र र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भएपनि गाउँ र लेकका मानिसको चेतनास्तरमा सुधार नआएकाले आफूले कम पाएको र प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याएको टिप्पणी गरेका छन् ।

उनको फेसबुक स्टाटस  

करोडौं करोड खर्च गरेर चुनाब लड्नेहरुसँग २/४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन। धादिङ क्षेत्र नं १ मा ५ ओटा गाउपालिका र 1 ओटा नगरपालिका छ। हाइवे लाइन र नगरपालिकामा बुझ्ने मान्छे भएतापनि पहाड,गाउँ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन। हामी प्रचार-प्रसारमा हिड्दै गर्दा “जस्ले दिन्छ नोटउसैलाई भोट।” भनेको पनि धेरै नै सुन्न पाइयो। कतिले त “भोट चाहिए रक्सी खुवाउनुस्।” सम्म भन्न भ्याए। धादिङ कुनै पनि हालतमा  काठमाडौ जस्तो हुदै हैन। निर्वाचन आयोगले दिएको १२/१३ दिनको प्रचार-प्रसारमा ५३ ओटै वडामा पुग्नु असम्भव मात्रै हैन अकल्पनीय थियो। म यत्ति भन्न सक्छु हामीले ल्याउदै गरेको भोट : मासुभातको बदलामा आएको भोट हैनपैसाले किनेको भोट हैन र कुनै डर-धम्कीबाट आएको भोट हैन। विना-संगठनविना गठबन्धनविना पैसाविना अनुभव… मुख्यमन्त्री राजेन्द्र पाण्डेसॅग भिड्ने दम कुनै युवामा थियो ??….सिन्डिकेट तोडिएको छयो एउटा सुरुवात हो। जग हाल्ने कामको थालनी भएको छ। हाम्रो सम्मानित मत आउदै गर्दा जनता झुक्याएर सत्तामा पुग्नेहरुको मनभित्र ढ्याङ्रो बजेको छ। यहि नै हाम्रो ठुलो उपलब्धी हो।