पछि परेपछि हिमेशको आक्रोश–‘हामीले ल्याएको भोट मासुभातको बदलामा आएको होइन’

कमेडियन हिमेश पन्तले आफूले ल्याएको मत मासु र भातको बदलातमा नल्याएको टिप्पणी गरेका छन् । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हिमेश मत परिणाममा पछि छन् । पछि परेपछि उनले सामाजिक संजालमा आक्रोश व्यक्त गर्दैै लेखेका छन्–‘करोडौ करोड खर्च गरेर चुनाव लड्नेहरुसँग २–४ लाख खर्च गरेर चुनाव लड्नु कुनै जोक हैन । धादिङ क्षेत्र नम्बर १ मा ५ वटा गाउँपालिका र १ वटा नगरपालिका छ । हाइवे र नगरपालिकामा वुझ्ने मान्छे भएपनि पहाड, गाउ र लेकका मान्छेहरुको चेतना स्तरमा अझै सुधार आएको छैन ।’
हिमेशले भोट माग्ने क्रममा नोट दिनेलाई मात्र भोट दिने भन्ने गरेको अनुभव पनि उल्लेख गरेका छन् । उनले, कतिपयले भोट चाहियो भने रक्सी र मासु खुवाउनुहोस् समेत भनेको लेखेका छन् । उनले धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो नहुने पनि उल्लेख गरेका छन् । उनले भने–‘हामीले ल्याउँदै गरेको भोट मासुभातको बदलामा आएको होइन, पैसाले किनेको भोट होइन । कुनै डर धम्कीबाट आएको भोट होइन । विना संगठन, विना पैसा, विना अनुभव, मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भिड्ने दम कुनै यूवामा थियो ?’
राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न उम्मेदवारले विजय हासिल गर्दै गर्दा हिमेश धेरै पछि परेका छन् ।

बैबाहिक जीवनमा बाँधिए निर्देशक खड्का

नेपाली फिल्मका १० हिरोः को के गर्दैछन् ?

पोखरामा पौष १२ देखि १६ गतेसम्म ‘सडक महोत्सव’ हुँदै

फिल्म पुरा गर्न नै सकस

ब्रान्डमा बर्षाः दर्जन बढी विज्ञापनमा आवद्ध, पहिलो पारिश्रमिक ५ हजार

पोखरामा २५ दिनको सेड्यूल तय गर्दै सुरु भयो ‘फर्की फर्की’को छायांकन

‘उडान’को टिजर रिलिज, नेपाली र अमेरिकन यूवा–यूवतीको रोमान्सको कथा

प्रतिक्रिया