फिल्म निर्माता मधुकुमार श्रेष्ठ विजयी

Mero Film

फिल्म निर्माता एवं कलाकार मधुकुमार श्रेष्ठ धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट विजयी भएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेद्वार बनेका श्रेष्ठले प्रतिस्पर्धी एमालेका उम्मेदवारले भन्दा १२ सय ९४ बढी मत ल्याइ विजयी भएका हुन् ।

श्रेष्ठले १७ हजार आठ सय ३२ मत प्राप्त गरेका छन् भने एमालेका रमेश आचार्यले १६ हजार पाँच सय ३८ मत पाएका छन् । यहाँ कुल ४४ हजार ६ सय १२ मतदाता छन् ।

मधुकुमारले बिन्दास, बिन्दास २, बजार तथा यही भदौ ८ मा रिलिज भएको स्काउट नामक फिल्महरु निर्माण गरेका छन्। निर्माता साथै उनले कलाकारको पनि छवि बनाएका छन्। कलाकारितासँगै उनी राजनीतिमा पनि सक्रिय थिए।


Leave a Reply

Your email address will not be published.