प्रदेश सभामा विजयी भए रोज राणा

निर्माता, निर्देशक तथा कलाकार रोज राणा प्यूठानबाट प्रदेशसभामा विजयी भएका छन् । प्यूठान प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेस पार्टीबाट चुनाव लडेका रोज २२ हजार ५१८ मत ल्याउँदै बिजयी भए । उनले आफ्ना निकटतम प्रतिद्धन्दीलाई १ हजार ७ सय १२ मतले पछि पारे ।

रोज प्यूठान क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पनि हुन् । रोजले निर्वाचनका लागि भन्दै फिल्म क्षेत्रको सक्रिय यात्रालाई समेत निष्क्रिय बनाएका छन् । उनी, नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदमा समेत यसपटक उठेनन् ।

यसअघि धादिङबाट प्रदेश सभामा निर्माता मधुकुमार श्रेष्ठ पनि बिजयी भएका थिए । नेपाली फिल्म क्षेत्रमा सुपरहिट फिल्महरु ‘दादागिरी, डन, खलनायक, टक्कर दुई मुटुको’ दिएका रोजले ‘खलनायक २’ बनाउने घोषणा समेत गरेका थिए । तर, चुनावमा लागेपछि उनको यो प्रोजेक्ट पछि सरिरहेको छ ।