उपासना र मलिकामा उदाउँदो स्टार को ?

नेपाली फिल्म क्षेत्रले अब विस्तारै नयाँ पुस्ताका नायिकाहरु खोज्न थालेको छ । हरेक एक दशकमा नायिकाको क्रेज कमजोर बन्दै जाने र नयाँ पुस्ताले विस्थापित गर्ने गरेको देखिन्छ । यसअर्थमा पनि अब नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ताका नायिकाहरुले विस्तारै राज गर्न आवश्यक छ ।

यही समयमा नेपाली फिल्ममा दुई नायिका उपासना सिंह ठकुरी र मलिका महत्त एकसाथ देखिएका छन् । उपासना र मलिकाले एक म्यागेजिनमा फोटोसुट गरेका हुन् ।

उपासना र मलाइका नेपाली फिल्मका उदयीमान नायिका हुन् । तर, यी दुईमा स्टार हुने बाटोमा को छ होला ?

उपासना सिंह ठकुरीले अहिलेसम्म ४ वटा फिल्म खेलिन् । मलिकाले २ वटा फिल्ममा काम गरेकी छिन् । उपासनाको ‘डिसेम्बर फल्स’ रिलिज हुन बाँकी छ । ‘क्याप्टेन, कबड्डी ३ र २ नम्बरी’ हिट भए । तिन वटा फिल्म हिट भएपछि चम्किएकी उपासनाको क्रेज फिल्म बजारमा खुबै छ ।

यस्तै, मलिकाले फिल्म ‘यात्रा’बाट नेपाली फिल्म क्षेत्रको प्रारम्भ गरेकी हुन् । उनको अर्को फिल्म ‘पानी फोटो’ पनि रिलिज भयो । दुबै फिल्म बक्स अफिसमा चम्किन सकेनन् । यसअर्थमा अहिलेसम्मको अवस्थामा उपासनाको क्रेज माथि छ । मलिकाको हातमा नयाँ फिल्म छैन । म्यूजिक भिडियोमा जमेकी मलिकाको फिल्ममा खासै क्रेज देखिएको छैन ।

यसअर्थमा दुई उदाउँदा नायिकामा उपासनाको क्रेज माथि देखिएको छ । मलिकाले भने आफ्नो स्टारडम बढाउन अझै काम गर्न बाँकी छ ।