‘तिम्रो मेरो साथ’को टिजर: दर्शकमाझ कौतुहल्ता पैदा गर्ने

Mero Film

आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्मको शुक्रबार सार्वजनिक टिजरमा माया, प्रेम र बदलाको कथा देख्न सकिन्छ । फिल्मको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

रमेश एमके पौडेल निर्देशित फिल्ममा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । यो निर्देशक पौडेलको निर्देशकिय डेव्यु फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र लगानी रहेको छ ।

फिल्मलाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह-निर्माताका रूपमा रहेका छन् । फिल्मको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।


Leave a Reply

Your email address will not be published.