राहुलसँग एलिसाको ‘ठ्याक्क ठ्याक्क ठ्याक्क’

राहुलसँग एलिसाको ‘ठ्याक्क ठ्याक्क ठ्याक्क’

गायक टिका बोमजन र गायिका अन्जु पन्तको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । रवि मान सिंह बस्न्यातको शब्द रहेको गीतमा टिका बोमजनको संगीत छ ।

यो गीतमा ‘ठ्याक्क ठ्याक्क’ शब्द थेगोको रुपमा प्रयोग गरिएको छ । गीत जस्तै यसको भिडियोलाई कोरियोग्राफर तथा निर्देशक राहुल शाहले गज्जब बनाएका छन् । डान्सिङ नम्बरमा तयार पारिएको यो भिडियोमा राहुल र मोडल एलिसा राईले नृत्य गरेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ ।

यो भिडियोमा एलिसा राई र राहुलको प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ । यो गीतले टिकटकमा दर्शकको साथ पाउन सक्छ ।

प्रतिक्रिया