नेपाल आइपुगे आदित्य, भोली फरेनहाइटमा गुञ्जने

बलिउडका गायक तथा कलाकार आदित्य नारायण झा नेपाल आइपुगेका छन् । उनी, आज बेलुकी नेपाल आएका हुन् । भोली क्लब फरेनहाइटमा आयोजना हुन लागेको कन्सर्टमा आफ्नो प्रस्तुति दिन उनी नेपाल आएका हुन् । क्लब फरेनहाइटमा उनले भोली आफ्ना लोकप्रिय गीत गाउनेछन् । नेपाली दर्शकबाट प्रेम पाउने उनको आशा छ ।
क्लब फरेनहाइट यसअगाडि पनि उनलाई नेपाल भित्राएको थियो । आदित्यले मिडियासँग कुरा गर्दै नेपाल आउन पाउँदा आफू जहिले पनि उत्साहित हुने तर्क गरे ।
उनले, पशुपतिनाथ मन्दिर घुम्न जाने योजना समेत आफ्नो रहेको सुनाए । यस्तै, आदित्यले जनवरीमा नेपाली गीत सार्वजनिक गर्न लागेको जानकारी समेत दिएका छन् । यसका लागि आफू फेरि नेपाल आउने उनको भनाई छ ।
बलिउड गायक उदितनारायण झाका छोरा आदित्य नारायण पाश्र्व गायनमा भन्दा पनि रियालिटी शो होस्ट गर्न बढी व्यस्त छन् ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया