पराजित रेखा तेस्रोमा !

नायिका रेखा थापा निर्वाचन पराजित भएकी छिन् ।

मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी हुन् । उनीसँगै एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल पनि भएका छन् । उनीहरुलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् ।

शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा राप्रपाकी रेखाले १० हजार ९९८ मत पाइन् भने, पूर्वमन्त्री ढकालले २५ हजार ८९५ मत मात्र पाए ।

०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।

रेखा केही बर्ष अगाडि मात्र राप्रपामा प्रवेश गरेकी हुन् । रेखा जुन पार्टीको क्रेज जनतामा बढेको जस्तो देखिन्छ, सोही पार्टीमा प्रवेश गर्न माहिर छिन् ।

यसैले, पनि उनको राजनीतिमा देखिएको दोहोरो चरित्रलाई जनताले अनुमोदन गरेनन् । मोरङ ३ बाट निर्वाचन लडेकी रेखा पहिले माओवादी, त्यसपछि कमल थापाको राप्रपामा आवद्ध भइन् । यसले, व्यक्तिमा सिद्धान्त नभएको देखाउँछ । सिद्धान्त कमजोर बन्दा जनताले पत्याउँदैनन् पनि । पर्दामा सेलिब्रिटी बन्नु र राजनीति गर्नुमा फरक छ ।