आदित्यले नेपाली झन्डा लिन नमान्दा आलोचना

शुक्रबार नेपाल आइपुगेका बलिउड गायक आदित्य नारायण झाले नेपाली झन्डा लिन नमानेको बिषयले सामाजिक संजाल र केही मिडियालाई तताएको छ । आज बेलुकी काठमाडौंको ठमेलमा रहेको फरेनहाइट क्लबमा आदित्यले आफ्नो प्रस्तुति दिदैछन् । सोही प्रस्तुतिका लागि उनी शुक्रबार बेलुकी नेपाल आइपुगेका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही फ्यानहरुले नेपाली राष्ट्रिय झन्डा दिएका थिए । तर, आदित्यले झन्डा लिन मानेनन् । उनी ‘थ्यांक यू’ भन्दै गाडी भित्र बसेका थिए ।
आदित्यले नेपाली झन्डा लिन नमानेपछि सामाजिक संजालमा विभिन्न खालका बहस भैरहेको छ । उनका पिता उदितनारायण झा नेपाली हुन् । तर, भारत गएपछि उदितले पनि नेपाली नागरिकता त्यागेको चर्चा छ ।
आदित्यले आफूलाई नेपाल मनपर्ने देश भएको बताए । तर, उनले नेपाली झन्डा बोक्न किन अस्विकार गरेका होलान्, त्यो उनले नै जान्ने कुरा भयो ।

७ बर्ष पुरानो फिल्मको केक काट्न झुल्किइन् वर्षा

शोभितको नायिकाहरुलाई कटाक्ष–‘१८ लाख लिने, ८ शोज पनि हाउसफूल गर्न नसक्ने’

पब्जीलाई क्रियटिभ नदेखेकी आँचल अहिले बधाई दिदैछिन्

प्रियंकालाई ‘भूत’ अवतारमा दर्शकले पत्याएनन्

के आँचलले स्वस्तिमासँग काम गर्न नमानेकी हुन् ?

प्रतिक्रिया