आँचलको अंगालोमा आर्शिवाद

बैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेर फिल्म ‘नाई नभन्नु ल ६’को निर्माण टिम छायांकनमा तल्लिन छ । यो फिल्मलाई विकासराज आचार्यले निर्देशन गरिरहेका छन् । विकासले सामिप्यराज तिमिल्सिनासँग मिलेर यो फिल्मको कथा लेखेका हुन् ।
यो फिल्मको मुख्य भूमिकामा नायिका आँचल शर्मा र नव–कलाकार आर्शिवाद क्षेत्रीले काम गर्दैछन् । केही समय अगाडि टिकटकमा भाइरल भएको एक भिडियोमा आर्शिवादको फिल्ममा आँखा देख्न नसक्ने यूवाको भूमिका रहेको अड्कल काटिएको थियो ।
फिल्म ‘नाई नभन्नु ल ६’को सेटबाट अर्को एक तस्वीर बाहिरिएको छ, जहाँ आँचलको अंगालोमा आर्शिवाद देखिन्छन् । यसबाट पनि फिल्ममा आर्शिवाद र आँचलको गहिरो प्रेम रहेको वुझ्न सकिन्छ ।
यो फिल्मको अघिल्ला पाँचैवटा सिरिज सुपरहिट भएका थिए । यसैले, यसको छैटौं सिरिजले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया