‘२ नम्बरी’ निर्माताको ‘हात्तीछाप’ घोषणा, प्रदीप भारद्धाज लेख्दैछन् कथा

फिल्म ‘पोई पर्यो काले र २ नम्बरी’ बनाएपछि एकाएक चर्चामा आएका निर्माता किरण नेपालीले फिल्म ‘पोई पर्यो बुढो’को छायांकन पोष्टपोन्ड गरेका छन् । उनले, यो फिल्म भन्दा अगाडि नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । किरणले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘हात्तीछाप’ राखिएको छ ।

यो फिल्मको छायांकन चैत्र महिनाबाट सुरु गर्ने उनले बताए । फिल्ममा नाम चलेका कलाकार रहने उनको भनाई छ । फिल्मलाई सफल लेखक प्रदीप भारद्धाजले लेखेका हुन् । किरणले भने–‘हातीछाप’ नामक फिल्मको कथा पढेपछि म प्रभावित भएँ । यसैले, पहिला यो फिल्म बनाउने निर्णय गरेका हुँ । पोई पर्यो बुढो यो फिल्मपछि बन्छ ।’ रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा यो फिल्म बन्नेछ ।

‘हात्तीछाप’लाई पनि सामाजिक कथावस्तुमा निर्माण गर्ने उनले बताएका छन् । फिल्मका निर्देशक र कलाकार केही दिनमा फाइनल हुने र पत्रकार सम्मेलन गरेर जानकारी दिने उनले बताए ।

‘हात्तीछाप’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । किरणले बनाएको फिल्म ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्ममा पर्छ ।