पराजयपछि रेखा भन्छिन्–‘म प्रत्यक्षमा लड्नुको अर्थ धेरै थियो’

मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाको प्रतिनिधीत्व गर्दै उम्मेदवार बनेकी नायिका रेखा थापा निर्वाचनमा पराजित भइन् । रेखाले १० हजार ९८९ मत प्राप्त गरिन् । यो क्षेत्रबाट नेपाली कांग्रेसका सुनिल शर्मा बिजयी भए ।
पराजित भएपछि रेखाले सामाजिक संजालमा स्टाटस कोर्दै पराजय हुनुको अर्थ राजनीति नै सकिनु होइन भनेर उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘निर्वाचनका क्रममा अनेकौं अनुभव हासिल गरेको छु । उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन । तर, निर्वाचित हुने एक जना मात्र हो । राजनीति लामो समयको यात्रा हो । यसमा जित्नु वा हार्नुले मात्र अर्थ राख्दैन ।’
उनले अगाडि लेखेकी छिन्–‘सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरो सामु थियो । मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ । यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ ।’
रेखाले निर्वाचनबाट पराजित भएपनि आफू मोरङका जनताबाट टाढा भने नहुने उल्लेख गरेकी छिन् । साथै, उनले निर्वाचित सुनिल शर्मासँग राम्रा काममा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । तर, नराम्रो कुरामा खबरदारी गर्ने उनले उल्लेख गरेकी छिन् ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया