फिल्म ‘डेसान’ को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी

फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर २३ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा नारीसंवेदना, पारिवारिक प्रेम, धोका तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरेको देखिन्छ ।
कमल एक्चै मगर निर्देशित फिल्ममा भोला सापकोटा,नम्रता सापकोटा,निशान चौहान,पुनम थापा,कविता आले, आरुषजंग सारु, मकिला बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ । कोरोना महामारीको त्रासादी कालमा निकै सकसका साथ छायाङ्कन गरिएको फिल्मले दर्शकलाई नौलो स्वाद पस्कने दाबी निर्देशक मगरले गरेका छन् । निकै असहज परिस्थितमा छायाङ्कन गरिएको फिल्मप्रति यसका कलाकारहरू पनि आशावादी छन् ।
अभिनेत्री नम्रता र अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दाबी गर्ने गरेका छन् । यसै फिल्मबाट ठुलो पर्दामा प्रस्तुत भएका नवअभिनेता निशान र अभिनेत्री पुनम पनि दर्शकको माया पाउनेमा विश्वस्त छन् ।
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र संवाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको सङ्गीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडि,जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दै छ ।