‘भगवत् गीता’का लागि नायकको खोजी

फिल्म ‘भगवत् गीता’का लागि कलाकारको आह्वान गरिएको छ । सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको निर्देशनमा तयार हुन लागेको लभ स्टोरी जनराको यो फिल्मका लागि २० देखि २५ बर्ष उमेरका नायकको खोजी गरिएको हो ।

लामो समयदेखि यो फिल्मको टिमले नायकको खोजी गरेपनि पाएको छैन । फिल्मका लागि नायक धिरज मगरसँग कुरा भएपनि पारिश्रमिकमा कुरा नमिल्दा उनीसँग सहकार्य हुन सकेन । यसपछि भने यो फिल्मको टिमले नायकको खोजी गरेको हो ।

यस्तै, यो फिल्मका लागि बाल कलाकारको पनि खोजी गरिएको छ । ८ देखि १० बर्ष उमेरका बालकको खोजी गरिएको हो । सुहाना थापाको मुख्य भूमिका रहने यो फिल्मलाई आउँदो बर्षको पहिलो दिन बैशाख १ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

यसको निर्माणपक्षले २ सेड्यूलमा छायांकन गर्ने तयारी गरेको छ । मंसिरमा फिल्मको छायांकन जनकपुरमा गर्ने र फागुणमा दार्चुलामा गर्ने तयारी गरिएको हो । तर, नायक नपाउँदा निर्धारित सेड्यूल अनुसार काम अगाडि बढ्न सकेन ।