‘महापुरुष’को कमाई १० करोड ग्रस, केक काटेर सेलिब्रेशन

कार्तिकको ११ गतेबाट रिलिज भएको फिल्म ‘महापुरुष’को निर्माण टिमले केक काटेर सफलता सेलिब्रेशन गरेको छ ।
यो फिल्मको टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा रिलिजको एक महिनामा फिल्मले बक्स अफिसमा १० करोड ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माण टिमले काटेको केकमा पनि १०० मिलियन लेखिएको थियो ।
प्रदीप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्म पाँचौ हप्तामा पनि सफलताका साथ चलिरहेको छ । मल्टिप्लेक्समा अझै पनि फिल्मलाई उल्लेख्य शोज दिइएको छ ।
फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, अन्जन बराइली, अरुण क्षेत्रीको मुख्य भूमिका छ । फिल्मले ५१ दिनको लोभलाग्दो सेलिब्रेशन गर्ने अपेक्षा गरिएको छ । विदेशमा पनि यो फिल्मले बम्पर कमाई गर्दै चलिरहेको छ ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया