वैवाहिक जीवनमा बाँधिए अभिनेता सलोन

अभिनेता सलोन बस्नेत आज वैवाहिक जीवनमा बाँधिएका छन् ।
तीन वर्षदेखि प्रेमिका करिश्मा केसीसँग प्रेम सम्बन्धमारहेका उनले आज सोमबार विवाहमा परिणत गर्दै लगनगाँठो कसेका हुन् ।
सलोनकी प्रेमिका करिश्मा पेशाले नेपाल एयरलाइन्सको एयर होस्टेज हुन् । सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।
सलोनको विवाह समारोहमा उनका पारिवारिक सदस्य, आफन्त साथीभाइ र फिल्मकर्मी सहभागी छन् । यतिबेला उनीहरूको चन्द्रागिरि हिल्स रिसोर्टमा विवाह समारोह चलिरहेको छ । सलोनको विवाह भोज भने १४ गते बुधवार राखिएको छ ।
सलोन अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शनरत छ ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया