डिसेम्बर फल्स गीतः उपासनालाई आर्यनले फकाउनै जानेनन्

पौषको १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’को पहिलो गीत ‘फकाउनै जानिन’ सार्वजनिक गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आर्यन सिग्देल र उपासना सिंह ठकुरी नृत्य रहेको यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा आफ्नी मायालुलाई चार घन्टा कुरेको, फकाउनै नजानेको कुराहरु उल्लेख गरिएको छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो गीतमा मेलिना राई र निशान भट्टराइको स्वर छ ।

फिल्ममा आर्यन र उपासनाको अलवा शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राना, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ । प्रविण झाको निर्देशनमा तयार भएको फिल्ममा महेश गुप्ताको छायांकन छ । फिल्ममा लक्ष्मण रिजाल र अशिम काफ्ले कार्यकारी निर्माता, राजकुमार भट्ट निर्माताकोरुपमा छन् ।

विपिका खनालको कथामा तयार भएको फिल्ममा श्री श्रेष्ठको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन छ । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने र प्रविण सिंहको कोरियोग्राफी छ ।

फिल्मको टिजरले दर्शकको माया पाइरहँदा सार्वजनिक भएको यो गीतले पनि दर्शकको साथ पाउने अपेक्षा गरिएको छ । फिल्म ‘डिसेम्बर फल्स’ले नेपाली बक्स अफिसलाई तताउने अपेक्षा गरिएको छ ।