शोभितले युद्ध पाउँदा भाग्यमानी भन्दा रिसाइन् पूजा

एउटा कुरा स्पष्ट के छ भने, नायिका पूजा शर्मा विगत एक बर्ष भन्दा लामो समयदेखि युद्ध बानियाँको प्रेममा छन् । व्यापारी बानियाँसँगको प्रेमलाई पूजाले लुकाउन पनि छाडेकी छन् । उनीहरुले मिलेर ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट र होटल पनि संचालन गर्दैछन् । वुझिएअनुसार, रेष्टुरेन्टको व्यापार अगाडि बढाएकाले पूजा र युद्धले तत्काल बिहे गर्ने योजना पनि बनाएका छैनन् ।
सोमबार नायक सलोन बस्नेतको बिहे समारोहमा पुगेकी पूजालाई निर्देशक शोभित बस्नेतले चिढाए । पूजाको बारे शोभितले भने–‘अब, पूजाको बिहे कसरी हुन्छ भन्ने त अहिले नै थाहा हुँदैन । तर, पूजाले जीवनसाथी बनाउन लागेका युद्ध बानियाँ साह्रो राम्रो मान्छे हुन् । युद्ध पाएर पूजा भाग्यमानी भएकी छिन् ।’
शोभितले यसो भन्दा पूजा रिसाइन् । उनले पूजा पाउँदा युद्ध भाग्यमानी पनि त हुनसक्छन् भन्दै आक्रोश पोखिन् । तर, शोभित आफ्नो अडानमा कायम नै रहे । उनले, युद्ध पाउँदा पूजा भाग्यमानी भएको कुरा दोहोर्याए ।
पूजाको अडानमा शोभितकी छोरी सलिनाले पनि सही थपिन् । तर, शोभितले भने युद्धको बारेमा आफ्नो अडान छाडेनन् ।

७ बर्ष पुरानो फिल्मको केक काट्न झुल्किइन् वर्षा

शोभितको नायिकाहरुलाई कटाक्ष–‘१८ लाख लिने, ८ शोज पनि हाउसफूल गर्न नसक्ने’

पब्जीलाई क्रियटिभ नदेखेकी आँचल अहिले बधाई दिदैछिन्

प्रियंकालाई ‘भूत’ अवतारमा दर्शकले पत्याएनन्

के आँचलले स्वस्तिमासँग काम गर्न नमानेकी हुन् ?

प्रतिक्रिया