‘गोर्खा वारियर’को फस्टलुकमा गोर्खाली सैनिकको साहसको झल्को

सन् २०२३ मा रिलिज हुन लागेको फिल्म ‘गोर्खा वारियर’को फस्टलुक सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण गरिएको छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खाली सैनिकको साहसिक युद्धको कथालाई फिल्मको फस्टलुकमा समावेश गरिएको छ ।
सार्वजनिक पोष्टरमा मुख्य कलाकार रितेश चाम्ससहित १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धको जान लागेको अवस्थामा देखाइएको छ । यो फिल्ममा रितेशको साथमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर वाङ्देल, कविता आले, बिरुप घले, सारा राई लगायतको अभिनय छ । यो फिल्म नेपालसहित विश्वका विभिन्न हलमा रिलिज हुने निर्देशक चाम्सले बताए ।
लण्डन सिने आई प्रोडक्शनको प्रस्तुति र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्ममा सुस्मिता वाइवा र सुमन राइको लगानी छ । प्रशान्त थापा कार्यकारी निर्माता रहेको फिल्ममा सुरेश राई सह निर्माताको रुपमा छ । यो फिल्मको छायांकन नेपाल र मलेसियामा गरिएको हो ।
फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको एक्सन, एलिस कार्कीको संगीत छ । फिल्मले युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग अलग हुँदाको कथा समेत समेटेको छ ।
_Z8LKx7RWAr_iskxc8mkegtwckrfzwnjhamir6okcymaav3yfbc0ja6xrqp1aleqyljo1idy.jpg)
बोर्डले विवादास्पद कम्पनीसँग मिलेर गर्न लागेको फेस्टिभल ‘महापुरुष’ले बहिष्कार …

‘छड्के २’ टिजरः अनमोल र निर्देशकको कुरा नमिलेको हो ?

सबै हिरो व्यस्त, तर आकाशको हातमा छैन फिल्म

नागरिक उन्मुक्ती पार्टीमा प्रवेश गरिन् एलिजा

‘छड्के २’ टिजरः ‘मेनडग’ बनेका अनमोलको ग्याङस्टार अवतार

प्रतिक्रिया