प्रेमिका बिदेश उडेपछि रोकियो सलिनको बिहे

नायक सलिनमान बनियाँले यसै बर्ष बिहे गर्न लागेको खबर मिडियामा सार्वजनिक भएका थिए । सलिन र उनकी प्रेमिमका अस्प्रिना जिन्हाको बिहेको खबरले मिडिया तातिरहेको समयमा तत्कालका लागि यी दुइको बिहे नहुने भएको छ ।
बुधबार नायक सलोन बस्नेतको बिहे पार्टीमा पुगेका सलिनले २ बर्ष बिहे नहुने बताए । उनले, प्रेमिका अस्प्रिना अध्ययनका लागि विदेश उडेपछि बिहेको सोच तत्काल स्थगीत भएको बताएका हुन् । सलिनका अनुसार, अस्प्रिना अध्ययनका लागि सिंगापुरमा छिन् । उनी मेकअप सम्बन्धी कोर्स गरिरहेकी छिन् ।
सलिनले फिल्म क्षेत्रमा आएपछि पनि आफ्नो प्रेमलाई लुकाएका थिएनन् । उनीहरुबिच इन्गेजमेन्ट भैसकेको खबर पनि सार्वजनिक भएको थियो । दोश्रो फिल्म ‘यात्रा’मा काम गरेपछि सलिनमानले नयाँ फिल्ममा काम गरेका छैनन् ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया