आज बिहे बन्धनमा बाँधिदै संयम र आश्मा

नायक संयम पुरी र नायिका आश्मा दाहाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । सात बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले आज बैबाहिक जीवनमा परिणत गर्न लागेका हुन् । काठमाडौंको हायात पार्टी प्यालेसमा उनीहरुको भव्य बिहे आयोजना हुन लागेको छ । बुधबार उनीहरुले महारजगञ्जको एक पार्टी प्यालेसमा उनीहरुले मेहेन्दी उत्सव आयोजना गरेका थिए ।
बिहे समारोहमा उनीहरुले आफ्ना नजिकका साथी र आफन्तलाई मात्र बोलाएका छन् । परम्परागत रुपमा बिहेको आयोजना गर्न लागिएको आश्मा पिता प्रदीप दाहालले बताएका छन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन् । उनीहरु दुबै जना केही बर्षदेखि अमेरिकामा रहँदै आएका छन् । आश्मा र संयमले फिल्म ‘आभाष’मा एकसाथ काम गरेका थिए ।
संयमले काम गरेको फिल्म ‘सायद’ दर्शकले निक्कै रुचाएका थिए । उनीहरुले मंसिर २१ ग्ते हायात होटलमा नै भव्य बिहे पार्टीको आयोजना समेत गरेका छन् ।

दया भन्छन्–‘दुखी आत्मा’ले बोलेको कथामा कुरा हुन जरुरी छ’

‘राजागञ्ज’ टिजरः अपहरित दुई बालकको खोजीमा प्रहरीको अप्रेसनको कथा

प्रिमियरमा ‘ममी’लाई प्रतिक्रियाः ‘अहिलेसम्मकै उत्कृष्ट नेपाली हरर फिल्म’

विशेष शोमा मन पराइयो लक्ष्मणको "सतीदेवी"

फिल्म 'मायाप्रीति' मा दिव्या

मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा

‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?

प्रतिक्रिया