‘प्रेमगीत ३’ निर्माताविरुद्ध राइले दिएको उजुरी खारेज

फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध मंसिर ११ गते सिक्किम निवासी राम गोपाल राइले दिएको उजुरीलाई चलचित्र निर्माता संघले खारेज गरेको छ । निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिती बैठले राइले दिएको निवेदनमा छलफल गरिरहन आवश्यक नरहेको भन्दै निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
निर्माता संघले छलफलका लागि बोलाएको बैठकलमा निर्माता सन्तोष सेन उपस्थित भएपनि राई भने उपस्थित भएका थिएनन् । यस्तै, राइले निवेदनमा पेश गरेको कागजको सक्कलप्रति पेश गर्न नसकेको पनि निर्माता संघले उल्लेख गरेको छ ।
उक्त छलफलपश्चात निर्माता संघले भनेको छ, ‘सन्तोष सेनविरुद्ध दिएको निवेदन पुष्टि हुने आधार नदेखिएको हुँदा छलफल गरिरहनु औचित्य देखिएन । त्यसैले निजको निवेदन खारेज गर्ने निर्णय गरियो ।’
राइले आशुसेन फिल्मसका प्रमुख सन्तोष सेनले ‘प्रेमगीत ३’का लागि डिजिटल राइट्स भन्दै ४ करोड ८४ लाख ५० हजार ठगी गरेको भन्दै निर्माता संघमा उजुरी दिएका थिए ।
‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध ४ करोड ८४ लाख ठगीको आरोप
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया