अनमोलको ‘छड्के २’को क्लाइमेक्स नै युट्युबमा अपलोड

जब फिल्मको क्लाइमेक्स नै रिलिज अगाडि सार्वजनिक हुन्छ, दर्शकका लागि हलसम्म गएर फिल्म हेर्नुको मज्जा कहाँ रहन्छ ? तर, फिल्म छायांकनदेखि नै नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ चरम पाइरेसीको शिकार भैरहेको छ ।
अहिले अनमोल अभिनित यो फिल्मको क्लाइमेक्सको दृश्यको छायांकन नै युट्युबमा भाइरल बनेको छ । टिकटक ट्रेन्ड नेपाल नामक युट्युब च्यानलमा यो फिल्मको क्लाइमेक्सको छायांकन खिचेर अपलोड गरिएको छ । टिकटकमा पनि क्लाइमेक्सका दृश्य भाइरल बनेका छन् ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म फागुणको १९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा अनमोल केसीको गेटअप, उनको संवादको शैलीदेखि क्लाइमेक्समा के हुन्छ भन्ने समेत सार्वजनिक भएको छ । यसले, निर्माता चरम मारमा पर्ने देखिन्छ । यसलाई रोक्नका लागि मेकरले तत्काल पहल नथाल्ने हो भने, ‘छड्के २’ रिलिज अगाडि नै यसको रहस्य सबै सार्वजनिक हुने पक्का छ ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया