फरक कथाका फिल्म खेल्ने आयुष्मानको खस्कदो क्रेज

बलिउड नायक आयुष्मान खुरानाका फिल्म भन्ने वित्तिकै दर्शकमा एक प्रकारको उत्साह हुन्थ्यो । लकडाउन अगाडि आयुष्मानका हरेक फिल्मले बक्स अफिसमा बलियो व्यापार गर्थे । तर, लकडाउनपछि भने आयुष्मानका फिल्म हेर्ने दर्शकको संख्या घट्न थालेको छ ।

आयुष्मानका फिल्मलाई बक्स अफिसमा टिक्न धौ धौ हुन थालेको देखिन्छ । आयुष्मान अभिनित फिल्म ‘डक्टर जी’ले बक्स अफिसमा खासै कमाल गर्न सकेन ।

उनी, अभिनित अर्को फिल्म ‘एक्सनहिरो’ चलिरहेको छ । तर, बक्स अफिसमा निक्कै नै कमजोर व्यापार गरेको फिल्मले शनिबार पनि उत्साहजनक कमाई गर्न सकेन ।

शुक्रबार यो फिल्मको ओपनिङ १.३१ करोड मात्र भयो । शनिबार फिल्मले २.१६ करोडको कमाई गर्यो । दुई दिनमा ३.४७ करोडको कमाई गरेको फिल्मले विकेन्डमा ७ करोड आसपासको व्यापार गर्ने देखिन्छ । यसले, आयुष्मानको फिल्मप्रति दर्शकको मोह घटेको देखिन्छ ।