हिरो नभएको ‘पासो’मा रिस्तालाई प्रेमीको साथ

तपाइले शुक्रबारदेखि रिलिज भएको फिल्म ‘पासो’को प्रचारमा नायिका रिस्ता बस्नेत र सुनिशा बजगाँइलाई थुप्रै मिडियामा देख्नु भयो होला । यो फिल्मको प्रचारका क्रममा रिस्ता र सुनिशा मात्र देखिनुको कारण, फिल्ममा नायक नहुनु हो ।

विशेषगरि, रिस्ताले नै धानेको यो फिल्मको शुक्रबार आयोजित विशेष शोमा पत्रकार र केही फिल्मीकर्मी उपस्थित थिए । जहाँ, नायिका रिस्ता बस्नेत आफ्ना प्रेमीको साथमा पुगेकी थिइन् । सुनिशा भने श्रीमान् राज आचार्यको साथमा पुगेकी थिइन् ।

सुनिशासँग राज खासै नदेखिएपनि फिल्मको प्रचारका क्रममा रिस्तासँग उनका प्रेमी खुबै देखिए । अझ भनौ, सार्वजनिक जुनसुकै कार्यक्रममा पनि रिस्ता र उनका प्रेमी अभय छुटिएनन् ।

नायक नभएको फिल्ममा २ नायिकालाई उनीहरुकै विशेष मान्छेले साथ दिएका थिए ।