सलोन–करिश्माको बिहेको भिडियोको डिजिटल राइट्स १० लाखमा बिक्री

सलोन–करिश्माको बिहेको भिडियोको डिजिटल राइट्स १० लाखमा बिक्री

बलिउड तथा हलिउडका कलाकारले आफ्नो बिहेको भिडियो डिजिटल प्लेटफर्ममा बेचेर महंगो रकम हात पारेको खबरहरु सार्वजनिक भैरहेका हुन्छन् । नेपालका सेलिब्रिटीले भने बिहेको भिडियो आफ्नै युट्युब च्यानलमा अपलोड गर्ने गरेका छन् ।

तर, नायक सलोन बस्नेत र करिश्मा केसीले भने बिहेको भिडियोको डिजिटल राइट्स बिक्री गरेका छन् । उनीहरुको बिहेको भिडियोको ३ वटा श्रृङ्खला ओएसआर डिजिटलबाट सार्वजनिक हुनेछ ।

उनीहरुको मेहेन्दी सेरेमोनी, बिहे र पार्टीको भिडियोलाई ओएसआरले सार्वजनिक गर्ने गरि डिजिटल राइट्स बिक्री गरिएको हो । साथै, सलोन र करिश्माले अभिनय गरेको ‘राजा रानी’ बोलको गीत पनि ओएसआरबाट नै सार्वजनिक भएको छ ।

श्रोतका अनुसार, १० लाख एमजीमा यी सबै सामाग्रीको अधिकार बेचिएको हो । साथै, १० लाख एमजीपछि सलोनले ७० प्रतिशत र ओएसआरले ३० प्रतिशत पाउने सहमती पनि भएको छ । निर्देशक शोभित बस्नेतले यो कुराको पुष्टी गरे ।

आमेष भण्डारीको शब्द, संगीत र स्वरमा समावेश ‘राजा रानी’ बोलको गीतको भिडियो आज सार्वजनिक गरिएको हो । यो गीतमा सलोन र करिश्माको बिहे र मेहेन्दी सेरेमोनीका दृश्यहरु समावेश छन् ।

प्रतिक्रिया