बिहे गरेको एक सातामै सलोनलाई जुम्ल्याहा बच्चाको रहर

बिहे गरेको एक सातामै सलोनलाई जुम्ल्याहा बच्चाको रहर

नायक सलोन बस्नेत र करिश्मा केसीको बिहे भएको एक साता मात्र भयो । तर, बिहेको तेश्रो दिनदेखि नै उनीहरुले मिडियामा बच्चाको बिषयमा प्रश्न खेपिरहेका छन् ।

आइतबार सलोन र करिश्मा अभिनित ‘राजा रानी’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । सार्वजनिक कार्यक्रममा सलोन र करिश्माले बच्चाको योजनाबारे थुप्रै प्रश्नको सामना गर्नुपर्यो । सलोनकी बहिनी सलिना बस्नेतले त आफूलाई चाडै नै फूपू बन्न मन लागेको सुनाइन् ।

करिश्मा र सलोनले भने अहिले नै यो कुरामा कुनै योजना नभएको तर्क गरे । तर, सलोनले भने आफूलाई जुम्ल्याहा बच्चाको चाहना रहेको सुनाए । उनले रमाइलो शैलीमा भने–‘अब, मेरो एउटा इच्छा होला, करिश्माको अर्को होला । भोली जन्मदा छोरा वा छोरी या जुम्ल्याहा कसरी जन्मन्छ केही थाहा छैन ।’

शोभितले भने आफू नाती वा नातिनी भएपछि काम गर्न छाडेर स्याहारमा लाग्ने सुनाए ।

प्रतिक्रिया