बालेनको विवाद सेलाउन नपाउँदै भूवन केसीले पनि भेटे राजदूत

चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले विभिन्न देशका राजदुतसँग नेपाली फिल्म र संकृतीको बिषयमा कुरा गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले अमेरिकी राजदुतसँग भेट गरेको चर्चा सेलाउन नपाउँदै विकास बोर्ड अध्यक्षको भेट अमेरिकी र अष्ट्रेलियन राजदूतसँग भएको हो । संयुक्त अरब इमिरेट्सको नेपाल मिसनको ५१ औं राष्ट्रिय दिवसको अवसरमा आयोजित समारोहमा केसीले अमेरिकी राजदुत डीन आर थोम्पसन, अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कसँग भेटेका हुन् ।
अध्यक्ष केसीले विभिन्न देशका राजदूतहरु चलचित्र विकास बोर्डसँग सहकार्य गर्न आतुर रहेको बताएका छन् । विकास बोर्डले विदेशमा फिल्म महोत्सव गर्ने तयारी समेत गरेको छ ।
भूवनले नेपाली फिल्मलाई विदेशी बजारमा लैजान सकिने बिषयमा अनौपचारिक रुपमा राजदूतहरुसँग कुरा भएको जनाएका छन् ।
‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक

‘मनसँग मन’को ट्रेलर: वर्षा र पुष्पको आकर्षक केमेस्ट्री र प्रेममा आउने उतार- चढाव

स्वस्तिमा भन्छिन्–‘२ मिनेटको भूमिकाको प्रतिक्षा छ’

पशुपति प्रसाद-२ ‘भस्मे डन’ को घोषणा, फूलपातीमा प्रदर्शन हुने

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

प्रतिक्रिया